बिर्तामोड, २ बैशाख–झापाको बिर्तामोडस्थित मुख्य चौकमा आज (सोमबार) दिउँसो कुदिरहेको एउटा कारमा आगलागी भएको छ।
आज (सोमबार) दिउँसो पौने तीन बजे बिर्तामोड चोक नजिकै प्रदेश १–०१–००१ च ९०९९ नम्बरको हुन्डाइको कारमा आफैँ आगलागी भएको हो ।
आगलागीबाट कारको अगाडिको भागमा क्षति पुगेको छ । आगलागी बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।
