झिलझिले, ३ बैशाख–झापाको शिवसताक्षी–७ स्थित कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
हिजो आइतबार बिहान साढे १० बजे शिवसताक्षी–१० का ओम बहादुर बस्नेतका १२ बर्षिय छोरा बिवेक बस्नेत नहरको मृत्यु भएको हो ।
उनको शव साईफन जालीमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि मोरङको मंगलबारे अस्पताल लगिएको छ ।
घटनाका बिषयमा इलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
