पाडाजँङ्गी (कमल), ३ बैशाख–झापाको कमल गाउँपालिका–५ पाडाजँङ्गीस्थित गुहेश्वरी आधारभुत बिद्यालयमा छैठौं स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको छ । दमक–लखनपुर भेट्रान फुटबल क्लवले आयोजना गर्ने छैठौं स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता यहि बैशाख ७ गतेदेखि शुरु हुने भएको छ ।

आज (सोमबार) दमकस्थित दमक थकाली किचन एण्ड वारमा आयोजक संस्था दमक–लखनपुर भेट्रान फुटबल क्लवले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको छ । क्लबका अध्यक्ष समेत रहनुभएका दमक थकाली किचत एण्ड वारका सञ्चालक दिवस राईले बैशाख ७ गतेदेखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने बताए । अध्यक्ष राईका अनुसार कमल गाउ्रँपालिका वडा नं ५ पाडाजँङ्गीस्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा हुने छ । सो प्रतियोगितामा पूर्वका चर्चित १८ वटा टिमको सहभागिता रहने अध्यक्ष राईले जनाए ।

क्लवका अध्यक्ष दिवस राईले प्रतियोगितामा विजेता हुने टिमले एक लाख ११ हजार एक सय एघारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुनेले नगद ५५ हजार ५ सय ५५ पाउने बताए । यसैगरि , प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारहरु समेत वितरण गरिने जनाएको छ । पुरस्कार मध्ये पहिलो पुरस्कार स्व। टंक राईका परिवारजनले र दोश्रो पुरस्कार दमक–लखनपुर भेट्रान फुटबल क्लबका क्याप्टेन अजेन तुम्बापोले आफना मातापितााको नाममा प्रायोजन गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा क्लवका कोषाध्यक्ष लक्ष्मण मादेन लिम्बूले प्रतियोगिताका आर्थिक पक्षका अनु्मानित आम्दानी र खर्चका बिबरणहरु प्रस्तुत गरेका थिए ।

पत्रकार सम्मेलनमा क्लवका सहसचिव तथा खेलाडी सुबास आङथुपोले सहजिकरण गरेका थिए ।

त्यस्तैं, पत्रकार सम्मेलनमा टिम म्यानेजर विजु श्रेष्ठ, टिम व्यवस्थापक शुसील श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन खेल काकडभिटटा भेट्रान र झिलझिले भेट्रान क्लववीच प्रतिष्पर्धा हुने छ भने दोश्रो दिनदेखि दैनिक दुईवटा खेल सञ्चालन हुने क्लवका क्याप्टेन अजेन तुम्बापोले जनाएका छन् ।

प्रतियोगितामा आयोजकसहित धरान, इटहरी, काकाड्भिटटा, रामधुनी, इलाम, विर्तामोड, झिलझिले, राजरानी, चन्द्रगढी, उर्लावारी, दुधे, धाइजन, कन्काई, युनाईटेड, विराट, एभरेष्ट भेट्रान लगायतका क्लवहरुको सहभागिता रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *