लन्डन (एजेन्सी), ४ बैशाख—चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई ६-० ले पराजित गरेको छ । यो जितका नायक रहे, मिडफिल्डर कोल पाल्मर ।

उनले ४ गोल गरे । त्यसमध्ये सुरुआती ३ गोल पहिलो हाफको २९ मिनेटभित्र सम्भव भएको थियो ।

यस्तै निकोलस ज्याक्सन र एलिफ गिलक्रिस्टले पनि १-१ गोल गरे । यो जितपछि चेल्सीको ४७ अंक भएको छ र नवौं स्थानमा रह्यो । चेल्सीले अब अर्को सिजन युरोपमा खेल्नका लागि प्रयास गर्न सक्नेछ ।

एभरटन भने २७ अंकमै सीमित रहेर १६ औं स्थानमा रह्यो । हारले एभरटनमाथि रेलिगेसन दबाब कामय रह्यो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *