भद्रपुर, ४ बैशाख–मानव हात्ती द्वन्द्व न्यूनीकरण अन्तरगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायलाई हस्तान्तरण गरिएको छ ।

डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्बन्धित पालिकाका वन समूहलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षता तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा आज सो कार्यक्रम सम्पन्न गरिएको हो ।

हात्ती प्रभावित मेचीनगर, भद्रपुर, हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिका भित्र रहेका वन समूहलाई आफ्नो क्षेत्र भित्र निर्मित सोलार फेन्स हस्तान्तरण गरिएको थियो ।

सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले सहजीकरण गरेको कार्यक्रममा निर्माण सम्पन्न भएर वन समूहको जिम्मामा आएका सोलार फेन्सको सुरक्षा गर्न समूह सक्रिय हुने भए पनि मर्मत तथा सञ्चालनको प्राविधिक जिम्मेवारी लिन समस्या हुने भन्दै सरोकारवाला समूहका प्रतिनिधिले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा संघीय सांसद राजेन्द्र लिङ्देनले वन समूहदेखि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियान सफल बनाउने धारणा राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *