बिर्तामोड, ४ बैशाख– ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रमका बीच प्रदान गरिएको हो ।

पूर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पत्रकार ढकाललाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् ।

त्यस्तै स्व। दिलिपकुकार शर्मा स्मृति बीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कारबाट हेम खड्का र सक्रिय सदस्य पुरस्कार जेसी अशोककुमार चौधरीलाई प्रदान गरिएको थियो ।

वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षको अध्यक्षतामा आयोजित पुरस्कार वितरण सभारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल , भाई वुहारी शीला ढकाल लगायतले उक्त पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष विनोद वस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरी, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, जेसीजका पूर्व अध्यक्ष किरण श्रेष्ठ , राजेन्द्र चम्लागाई, मिजास पोखरेल, विशाल थापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नव निर्वाचित अध्यक्ष राजु न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।

अशोक चौधरीको संयोजकत्वमा भएको कार्यक्रम महासचिव जनक खड्काले सञ्चालन गरेका थिए ।

बीरता जेसीजको सन् २०२४ का लागि अध्यक्षमा विकास बस्नेत, कार्यकारी उपाध्यक्षमा लोकचन्द्र श्रेष्ठ र अमरजीत शाह, महासचिवमा सुमनकुमार पोद्धार, उपाध्यक्षमा सुवास त्रिखत्री, बिज्ञानराज पौडेल, सुशिल थापा, डिकबहादुर गहतराज, कोषाध्यक्षमा टिकाराम खतिवडा, कननुनी सल्लाहकारमा युवराज कुँवर, संयुक्त सचिवमा प्रज्वल बिमली, प्रकरण निर्देशकमा दिपेन धिमाल, तालिम संयोजकमा बाप्पा शाह र जनसम्पर्क अधिकारीमा राज मुखिया चयन भएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *