प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा

काठमाडौँ, ४ बैशाख–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले माधवकुमार नेपाल भएसम्म देशमा कसैको मनपरी तन्त्र नचल्ने बताउनु भएको छ।

प्राइम टेलिभिजनमार्फत प्रसारण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा अन्तरवार्ताका क्रममा उहाँले यस्तो दाबी गर्नु भएको हो।

उहाँले भन्नुभयो, ‘यो देशमा माधव नेपाल रहेसम्म ओली जस्ता मान्छेहरूको मनपरी तन्त्र चल्दैन। सर्वसत्तावादको विरोद भइरहन्छ। व्यक्तिवाद, मनपरी तन्त्रका कारण देश असहज परिस्थितिमा नजाओस् भन्नुहुन्छ। त्यस कारण उहाँलाई अप्ठ्यारो लाग्यो होला।’

उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘राष्ट्रिय आत्मसमर्पणवादी, दक्षिणपन्थी अवसरवादमा चुर्लुम्मै डुबेको, कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने दिशातिर लगेको केपी ओलीको नेतृत्वले भनेर त्यो पार्टी छोडेर हामीले विद्रोह गरेको हो। नेकपा ९एकीकृत समाजवादी० को भागमा सुदूरपश्चिममा मुख्यमन्त्री पद पर्छ, पार्छौं, हुन्छ भनेर सहमति गरेर अन्तिम बेलामा हुँदैन, पर्दैन, गरिँदैन भनेर भन्ने यो ढाँटेको हामीले होईन।’

साथै, माधव नेपाल भएसम्म ओलीको मनपरीतन्त्रको विरोध भइरहने उहाँको भनाइ छ। माधव नेपाल भएसम्म ओलीजीको मनपरीतन्त्रको विरोध भइरहन्छ। उहाँको सर्वसत्तावादी सोचको विरोध भइरहन्छ। माधव नेपाल विरोध गरिरहनु हुन्छ। त्यस कारण उहाँलाई अप्ठ्यारो लाग्यो होला।’

गठबन्धनमा सबै दलको समान हैसियत रहेको उहाँको दाबी छ। उहाँले आफूहरुले थोरै सिट भएकाले एक प्रदेशको मुख्यमन्त्री माग गर्दा पहिला सहमति जनाएर अहिले कार्यान्वयन नगरेको बताउनु भयो। अप्ठ्यारो परेको बेला ओलीले माधव नेपालको घरमै आएर ‘ गल्ती भएछ माफ पाऊँ’ भनेर भनेको उहाँको भनाई छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *