प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा

काठमाडौं, ५ बैशाख–नेकपा (एकीकृत समाजवादी) को जेठ ३ गतेदेखि काठमाण्डौंमा गर्ने भनिएको पार्टीको १०औं महाधिवेशनको मिति सरेको छ ।

आज (बुधबार) बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी प्रवक्ता खातिवडाले आन्तरिक तयारी र व्यवस्थापनका विषयमा कतिपय काम बाँकी रहेकाले १०औं महाधिवेशन मिति सारिएको स्पष्ट पारे । यसअघि एकीकृत समाजवादीले महाधिवेशन जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाण्डौंमा गर्ने निर्णय गरेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *