फुङ्लिङ, ७ बैशाख–ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो। तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ।

पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसार-पसार र बिक्री पूर्णरूपमा निषेध गरिएसँगै प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *