दमक, ५ बैशाख–झापाको शिबसताक्षी नगरपालिकामा बैशाख १६ देखि ३० गतेसम्म सञ्चालन हुने हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सम्बन्धि सरोकारवालाहरुसंग आज अन्तरक्रिया गरिएको छ ।
व्याङ्डाँडास्थित नगरपालिकाको कार्यालयमा बिहिबार भएको अन्तरक्रिया कार्यक्रममा बैशाख १६ देखि ३० गतेसम्म हुने हात्तीपाइले रोग विरुद्धको आम औषधी सेगन कार्यक्रमलाई वृहत सहभागिता र प्रभावकारी बनाउन सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुनुपर्ने औल्याइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले झापामा हात्तीपाइले रोगले ग्रसित मान्छेहरु भेटिनुको भनेको खुल्ला सिमाना र सवैले औषधीको सेवन नगुर्न मूख्य कारण भएको बताउनुभयो ।
नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा फोकल पर्सन श्रेष्ठका अनुसार हात्तीपाईले रोग विरुद्धको औषधी सेवनको उपयोगिताका विषयमा जानकारी गराउनुभएको थियो ।
हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने र त्यसका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वमसेविकाहरु परिचालन, बिद्यालयका शिक्षक–शिक्षिकाहरु, बिद्यार्थीहरु, धार्मीक तथा राजनीतिक पार्टीका नेतृत्वकर्ताहरु, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सर्वसाधारणहरुलाई कार्यक्रमभरी परिचालित गरिने फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
देशैभरिबाट हात्तीपाईले रोग उन्मुलन गर्ने लक्ष्य राखेर सरकारले विगत १३ बर्षदेखि यस किसिमको राष्ट्रिय अभियान सञ्चानलन गरिदैआएको जनाईएको छ ।
श्रेष्ठका अनुसार हात्तीपाइलो रोग विरुद्धको औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन स्कूल, घर, टोल–टोलमा पुगेर औषधी सेवन कार्यक्रम सञ्चालन गरिने भएको छ । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र ७ दिनसम्मका सुत्केरी आमाहरु, दिर्घरोगी, ओछ्यानमा थलिएका विरामीहरुले औषधी सेवन गर्न नमिल्ने फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार ग्रामिण जनसंख्याको भन्दा सहरी जनसंख्यामा हात्तीपाइले रोग विरुद्धको औषधी खाने दर ३६ प्रतिशतले कम देखिएको, महिलाको तुलनामा पुरुषमा औषधी नखाने दर ३६ दशमलब ८ प्रतिशतले कम देखिएको छ । त्यस्तैं, केही समुदायहरु औषधी नखाने कुरासंग सम्बन्धित रहेको र पुरुषको तुलनामा महिलामा हात्तिपाइले सङ्क्रमणको दर कम रहेको छ ।
औषधी सेवन कार्यलाई अवरोध पुरयाँँएको पाईए त्यस्तालाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही समेत हुने व्यवस्था रहेको गोष्ठीमा जनाईएको छ ।
जिल्लाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका लगायतका अन्य पालिकाहरुमा गतवर्ष ७ जनामा हात्तीपाईले रोग देखिएको थियो ।
जिल्लाका १५ वटै स्थानीय तहमा सञ्चालन हुने यस किसिमको कार्यक्रममा जिल्लाका ९ लाख मानिसले औषधी खुवाउने लक्ष्य राखिएको छ ।
यता, शिबसताक्षी नगर स्वास्थ्य शाखाका प्रमुख सञ्जय ठकुरीले नगरको ११ वटा वडाहरुका हात्तिपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रमको बारेमा प्रचारप्रसार र यससम्बन्धिका आवश्यक तयारीहरु सम्पन्न भइसकेको जनाउनुभयो स्वास्थ्य शाखा प्रमुख ठकुरीका अनुसार हात्तिपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरको ११ वटै वडाहरु र वडास्तरीय सरोकारवालाहरुबीच भेटघाट, छलफल र अन्तरक्रिया भइसकेको छ ।
सो अन्तरक्रिया कार्यक्रममा शिबसताक्षी नगर उपप्रमुख नरमाया कार्की, लेखा अधिकृत प्रकाश सुब्बा लिम्बू, वरिष्ठ कार्यक्रम अधिकृत प्रकाशचन्द्र चौधरी, शिक्षा तथा खेलकुद शाखा प्रमुख छबी ढकाल, इलाका प्रहरी कार्यलय झिलझिलेका प्रमुख अनिश बुडाथोकी, सताक्षी प्रेष क्लबका उपाध्यक्ष तथा समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष गोविन ल्वागुन, कार्यक्रम अधिकृत शिबसताक्षी–२ मंगलबारे बजारस्थित धरपमुर स्वास्थ्य चौकीका प्रमुख धनबहादुर विश्वकर्म लगायत ११ वटा वडाका जनप्रतिनिधिहरु, सामाजिका संघसंस्थाका अगुवाहरुको उपस्थिति थियो ।
अन्तरक्रिया त्यसैगरी, कार्यक्रममा शिबगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्र, धरमपुर स्वास्थ्य चौकी, पाँचगाछी स्वास्थ्य चौकी, सतासीधाम स्वास्थ्य चौकीसहित विभिन्न वडाहरुमा सञ्चालनमा आएको सहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता थियो । सो कार्यक्रमको सहजिकरण नगर स्वास्थ्य शाखाकी निर्मला सिग्देलले गर्नुभएको थियो ।
