इलाम, १५ बैशाख–इलाम क्षेत्र २ को आज ९शनिवार० भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ कुल मतदाता रहेकामा ६९ हजार २८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणअनुसार ६० प्रतिशत मत खसेको बताए।

‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो।’

इलामका ७९ मतदानस्थलका १४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको उनले जनाए। अब मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम शुरु भएको उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *