इलाम, १६ बैशाख–इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक शुरु भएको छ।

यसका लागि अहिले सर्वदलीय बैठक राखिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। ‘सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकमा बोलाएका छौँ’, प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘बैठक सकिएलत्तै हामी मतगणना सुरु गर्छौँ।’

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मत गणना हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।

सर्वदलीय बैठक पनि मतगणनास्थलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारीले यादवले जानकारी दिए। इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *