नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौं २८ बैशाख–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाले प्रधानमन्त्रीले धोइ पखाली गरेर नहुने बताउनुभयो। महामन्त्री थापाले अब सदन अघि नबढ्नेको जिम्मेवार कांग्रेस नभई सरकार आफैँ हुने समेत धारणा राख्नुभयो।

उहाले आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गर्नुभयो। महामन्त्री थापाले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको टिप्पणी समेत गर्नुभयो । गृहमन्त्रीले सहकारीको अर्बौँ अपचलन गरेको आफूसँग प्रमाण रहेको दाबी गर्नुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *