झलनाथ खनाल

काठमाडौँ, ३१ बैशाख–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन्।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित पार्टीको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीसँग उनले सो कुरा बताएका हुन्।

सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाड्ने‌ कुरा उल्लेख नभएको स्पष्ट पारे। उनले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलिबाट सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने पनि बताए। नेकपा एसले मंगलवारबाट ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।

सम्मानित नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *