बैतडी, १ जेठ–जिल्लामा घर भएका एक नेपाली नागरिकको मलेसियामा मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका( १ का ३२ वर्षीय दिपकसिंह नायक रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका उनको आइतबार मृत्यु भएको हो।
कोठामा सुतिरहेको अवस्था विद्युतको तार सर्ट भई मृत्यु भएको जानकारी आएको उनका आफन्त नरेश सिंह नेगीले बताए।
मृतक नायक विगत नौ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन अहिले पहल भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
