लाहान, ३ जेठ–सिरहामा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका– २ ब्रहमपुरीमा स्थानीय करिब ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

बिहीबार बिहान जग्गाको विवाद हुँदा सँधियारले उनीमाथि कोदालो प्रहार गरेको प्रवक्ता सापकोटाले बताए । हत्या आरोपितको पहिचान भइसकेकाले खोजी कार्य भइरहेको तथा यस म्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *