सल्यान, ६ जेठ–सल्यानको कालिमाटी गाउँपालिका ७ सल्यान थरीस्थित बबई नदीमा पौडी खेल्न क्रममा डुबेर २ जनाको ज्यान गएको छ।
शनिबार कालिमाटी गाउँपालिका– ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र सोहि गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।
उनिहरु दिउँसो ४ बजे आ–आफ्नो घरबाट नुहाउन गएकोमा अबेरसम्म घरमा नफर्केपछि स्थानियहरुले प्रहरी चौकी घुईयावारी सल्यानमा खबर गरेका थिए। त्यसपछि प्रहरी र स्थानियहरुले खोजतलास गर्दै दुवैको शव राति साढे ११ बजे फेला पारेका थिए।
उनीहरुको शव भेरी अस्पताल नेपालगञ्जको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
