बुटवल, जेठ–एम्बुलेन्सको ठक्करबाट बुटवलमा एकजनाको मृत्यु भएको छ। बुटवलको बेलवासमा पैदलयात्रीलाई एम्वुलेन्सले ठक्कर दिँदा थप दुई जना गम्भीर घाइते छन्।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन् भने बुटवल ११ कै ५५ वर्षीय हरिकला नेपाली र ३५ वर्षीय झुपा ठडराई घाइते छन्।

अर्घाखाँचीबाट बिरामी लिएर बुटवल आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लु १ ज ५३१ नम्वरको एम्बुलेन्सले शनिबार बिहान ५ बजे बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै ३ जनालाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार एम्बुलेन्सको ठक्करबाट घाइते भएकाहरुलाई स्थानीयले तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याएपछी बिहान ५स्३४ बजे कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणीनी गाउँपालिका(७ का नारायण बहादुर गव्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *