रामकुमारी झाँक्रीले

काठमाडौं, ८ जेठ–नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँकीको यस्तो टिप्पणी आएको हो ।

पूर्व मन्त्री समेत रहनुभएकी एकीकृत समाजवादी पार्टीकी सचिव झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आईकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो । हेक्का रहोस् ।’

नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री तथा तत्कालिन समयका बिद्यार्थीहरुका नेता गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुमा जोड दिईन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *