बिनोमोड, ९ जेठ–झापाको कनकाईबाट चोरीको मोटरसाइकलसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरको बिभिन्न स्थानहरुबाट बिभिन्न मितिमा मोटरसाइकलहरु चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कनकाई नगरपालिका(४ का १९ वर्षीय प्रियङ्क कडेल, सोही स्थानका कृष्ण घिमिरे, नबिन बस्नेत, दिपक भुजेल, कनकाई-३ का सम्रिक चुडाल रहेको जिल्ला प्रहारी कार्यालय झापाले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट प्रदेश ३०२-००९ प ५२२१ नम्बरको क्रस फायर मोटरसाइकल १ थान, मे ९ प ६४६१ नम्बरको ल्क मोटरसाइकल १ थान बरामद गरेको छ।
चोरीका मोटरसाइकल र युवाहरुलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा निग्रानी गर्ने क्रममा मंगलबार पक्राउ गरेको हो।
प्रतिबादीहरुलाई चोरीका मोटरसाइकलहरु सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो ।
