दमक, २८ जेठ–झापाको दमक–३ मावापुलस्थित दमक–मिक्लाजुङ सडक खण्डमा भएको सवारी दुर्घटननमा एक जनाको मृत्यु भएको छ ।

गएराती १०ः५० बजेको समयमा दमक मिक्लाजुङ सडक खण्डमा मधुमल्लबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नं को मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं १ घर भई दमक–५ मा डेरा गरी बस्ने २२ बर्षिय सगुन राईको अनुहार र घुडामा चोट लागेको थियो । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएको र ११ः३५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल प्रहरी चौकी बाघखोरको नियन्त्रणमा सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *