दमक, २८ जेठ–झापाको दमकस्थित नेपाल सगरमाथा टेक्वान्दो दोजाङको नयाँ कार्यसमिति पूर्नगठन गरिएको छ । संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको दमकस्थित निवासमा सोमबार सम्पन्न भेलाले नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवगठित कार्यसमितिको अध्यक्षमा महेन्द्रकुमारी लिम्बू, उपाध्यक्षमा भीम पौडेल, सचिवमा रोशन दाहाल र कोषषध्यक्षमा कल्पना राई सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कार्यसमितिको सदस्यहरुमा डाक्टर सोफिया थुलुङ, धिरेन सुब्बा, मिरा काफ्ले, मनु कटुवाल, डिल्लीप्रसाद चापागाई छन् ।

बेलायत (युके) मा सैनिक जीवन बिताउँदै टेक्वान्दो खेलका अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक स्वर्गीय राष्ट्रकुमार राईको पहलमा सगरमाथा तेक्वान्दो दोजाङ दमकसहित देशको विभिन्न स्थानमा स्थापना भएको हो । ग्राण्डमास्टर स्वर्गीय राईको गतवर्ष हृद्धयघातको समस्याले निधन भएको हो ।

सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष र उपाध्यक्षसहित कार्यसमिति सदस्य अनि प्रशिक्षकले राजीनामा दिएपछि कार्यसमितिलाई पुर्नगठन गर्नुपरेको अध्यक्ष महेन्द्रकुमार्ी लिम्बूले बताईन् । लिम्बुका अनुसार कार्यसमितिको आगामी बैठकले सल्लाहकार समिति गठन गरिने र संस्थाको साधारण र आजिवन सदस्यता विस्तारका लागि फारम खुल्ला गरिएको छ ।

गत शनिबार, सगरमाथा तेक्वान्दो दोजाङले दमक–४ स्थित एकता एकाडेमीमा खेलाडीहरुको ग्रेडिङ गरिएको छ । दमक–३ ढ्ुकुरपानीस्थित अक्सपोर्ड अंग्रेजी माध्यमिक विद्यालय र एकता एकाडेमीका ६० जना खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।

ग्रेििडङ कार्यक्रममा जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बासहित जिल्ला प्रशिक्षका बिबेक गिरी, मिरा काफ्ले र मनु कटुवाल लगायतको प्राविधिक टोलीको सहभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *