दुधे (शिबसताक्षी), ३० जेठ–नेपाल शिक्षक महासघ शिवसताक्षीले सामुदायिक बिध्यालयको गुणस्तर सुधारका सम्बन्धमा शिक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
झापाको शिवसताक्षी–११ दुधेस्थित सामुदायिक सिकाइ केन्द्रको सभाहलामा आयोजित कार्यक्रममा नगरका सामुदायिक बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु र प्रधानध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । पछिल्लो समय सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर खस्किएको आवस्थामा कसरि गुणस्तर वृद्धि गर्न सकिन्छ भन्ने बिषयमा शैक्षिक बहस भएको कार्यक्रमको सहजिकरण नरेन्द्र जन्ता माध्यमिक बिध्यलय कमल–१ का प्र.अ बद्री कार्की र ढुकुरपानी माध्यमिक बिध्यलय दमक–३ का प्रअ कृष्ण भण्डारीले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नगरका कोहि जिम्मेवार ब्यक्ति भने अनुपस्थित रहेको थियो । सो अवसरमा सहजकर्ता कार्कीले सामुदायिक बिध्यालयमा देखिएको चुनौतिलाइ नगरका जिम्मेवार ब्यक्ति हरुले नसुनेसम्म गुणस्तरमा फरक नपर्ने बताए । उनले भने बिकासको नाममा भौतिक निर्माण सडक पुल पुलेसा र बिजुली ले मात्र हुदैन जबसम्म शिक्षा क्षेत्रमा बिकास हुदैन तब सम्म बिकासको कुनै अर्थ नहुने बताए ।
नेपाल शिक्षक महासघ शिवसताक्षी नगर अध्यक्ष बेनुप्रसद कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नगरप उपप्रमुख नरमाया कार्कीले गर्नु भएको थियो ।
