मोरङ, २१ कार्तिक–कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट आज (बुधबार) राजीनामा दिएका छन् ।
अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका हुन् ।
उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिए ।

