दमक, २१ कार्तिक–दमकमा मूख्य कार्यालयसहित बिर्तामोड, झिलझिले र उर्लाबारीमा सेवा केन्द्र मार्फत सदस्यहरुलाई बिक्तिय कारोबार प्रदान गरिरहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले बिहिबारदेखि इकाईगत १३औं बार्षिक साधारणसभा सञ्चालन गर्ने भएको छ ।

दमक–१ फाल्गुनन्द चौकमा मूख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) बिहान पत्रकार सम्मेलन गरेर १३औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष पदम लिम्बु (सकल्प) लिङ्देनको अध्यक्षतामा र सञ्चालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति र कर्मचारीहरुको उपस्थितबीच पत्रकार सम्मेलन गरेर बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनीक गरिएको हो । प्रतिवेदन सार्वजनीक कार्यक्रममा संस्थाकी उपाध्यक्ष फुलकुमारी नेम्बाङ आङ्दम्बेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सो पत्रकार सम्मेलनमा सहकारी संस्थाका प्रमुख कार्यकारी दिलिप जबेगुले संस्थाको १३औं बार्षिक साधारणसभाको तयारी, व्यवस्थापन र संस्थागत नीति, कार्यक्रम र योजनाका बारेमा सचित्र बिबरणहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख कार्यकारी जबेगुका अनुसार संस्थाको बार्षिक साधारणसभा कार्तिक २२ गतेदेखि इकाईगत बिर्तामोड सेवा केन्द्रबाट १३औं बार्षिक साधारणसभाको शुभारम्भ गरेर मंसिर ५ गते मुख्य कार्यालयले दमकमा बिधिवत रुपमा माइन्युट प्रमाणिकरण गरिने बताउनुभयो । मंसिर ५ गते दमक–६ पशुपती सेवा सदनको सभाहलमा बार्षिक साधारणसभा हुने भएको छ । वहाँका अनुसार कार्तिक २२ बिर्तामोड, २३ गते झिलझिले र २४ गते उर्लाबारी सेवा केन्द्रमा बार्षिक साधारणसभा सञ्चालन गरिने भएको छ । हालः संस्थाको बिर्तामोड, झिलझिले र मोरङको उर्लाबारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।

त्यस्तैं, सहकारी संस्थाले इलामको माङसेबुङ र चुलाचुलीमा समेत सेवा केन्द्र स्थापना गर्ने लक्ष्य राखेको प्रमुख कार्यकारी जबेगुले जानकारी दिनुभयो । जबेगुले संस्थाले सञ्चालन गरेको कतिपय नीतिगत योजना र कार्यक्रमहरु प्रभावकारी ढंङ्गले सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

संस्थाका बित्तिय कारोबारमा संस्थाले गम्भिरताका साथ ऋण लगानी गरिहेको, बचतका विभिन्न शिर्षकअन्तर्गतका योजनाहरु सञ्चालनमा ल्याउन लागिएको सहकारी संस्थाका प्रमुख कार्यकारी जबेगुले जानकारी गराउनुभयो । वहाँले यसअघि, नेपालसहित बिश्वभरी देखिएको माहामारी कोभिडको बिभिन्न चरणहरुले पुर्याएको आर्थिक मन्दि लगायत राजनीतिक तथा आर्थिक तरलताले सहकारी संस्थाले लगानी गरेको कर्जा असुल–उपर गर्न कठिनाई भएको समेत बताउनुभयो ।

सहकारी संस्थामा २३ सय बढी शेयर सदस्यहरु छन् । त्यसमा महिलाको संख्या १२ सय बढी छ भने पुरुषको संख्या ११ सय बढी रहेका छन् ।

सदस्यहरुलाई प्रविधिमैत्री बनाइने लैजाने, कर्जाका शिर्षकमा १ लाखसम्म बिना धितो र २ लाख बढी कर्जामा धितो मार्फत लगानी गरिने भएको छ । कर्मचारीलाई आवश्यकता अनुसार घर–जग्गा र सवारी साधन खरिदमा रु १० लाखसम्म लगानी गर्न सकिने तर कर्मचारीलाई व्यापार तथा व्यवसायको हकमा भने यो लगानी नहुने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, संस्थाले स्वोरोजगारकोष मार्फत ऋण ल्याउन आवश्यक पहल गरिरहेको र त्यसलाई संस्थाले आफ्ना सदस्यहरु र साना व्यवसायीकोहितका लागि कर्जा लगानी गर्न योजना बनाइरहेको प्रमु्ख कार्यकारी जबेगुले बताउनुभयो । संस्थाले कर्जा जोखिम न्यूनिकरणका लागि दमकस्थित एक बीमा कम्पनीसंगको सहकार्यमा बीमा मार्फत कर्जा लगानी सुभारम्भ हुने जानकारी गराइयो ।

संस्थामा रु ३ करोड ८६ लाख ७६ हजार ७ सय रुपैया शेयर पूंजी रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तैं, रु १२ करोड ७९ लाख २८ हजार ५९८ निक्षेप, रु १९ करोड ६९ लाख २३ जार १८० ऋण लगानी, रुज्ञ २३ करोड ११ लाख ४१ हजार २२२ वासलत रहेको सो प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको झिलझिले सेवा केन्द्रका व्यवस्थापक सन्दिप लावतीेले सञ्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख सल्लाहकार जनकसेन जवेगु, संस्थाका कोषाध्यक्ष संगीता सेरेङ, सदस्य खड्ग राई, कमल योङहाङ सु्ब्बा, लेखा समितिका संयोजक वीरवहादुर लावती, शक्ति सावा, बिर्तामोड सेवा केन्द्र संयोजक चुडामणी अधिकारी, संस्थाका प्रमुख व्यवस्थापक कुबेर तुम्बापोलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *