सुर्खेत्, २४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुहुने भएको छ।

कात्तिक २६ र २७ गते सम्पन्न हुने कर्णाली प्रदेश प्रथम अधिवेशनमा जम्मा ५ सय २ जना प्रतिनिधि सहभागी हुनेछन्। सुर्खेतको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको सिद्धार्थ सभागृह, शनिहललाईन वीरेन्द्रनगरमा यही कार्तिक २६ गते बिहान ११ बजे उद्धघाटन हुने गरी मिति तय भएको अधिवेशनका लागि कर्णाली प्रदेशमा जम्मा ५ सय २ जना प्रतिनिधि सहभागी हुने केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रचार बिभाग प्रमुख बसन्त कुमार विश्वकर्माले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट भैसकेका छन् । जसअनुसार सुर्खेत १७, दैलेख ३०, कालिकोट ४१, मुगु ४१, डोल्पा २८, जाजरकोट २९ , रुकुम पश्चिम १८, सल्यान ४९, जुम्ला ३८ , हुम्लामा १३, गरी जम्मा ३ सय ४ जना प्रतिनिधिहरू निर्वाचित भएका छन् ।

त्यसैगरी पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरे बमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएकाछन् ।

यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये समावेशी तर्फ महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने कर्णाली प्रचार बिभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *