दमक, २५ कार्तिक–कमल–५ मंगलवारेस्थित सगुन युवा क्लबले हिजो (शनिवार) मनोरञ्जनात्मक साँस्कृतिक तथा सांगीतिक कर्यक्रमसहित सगुन सांगीतिक साँझ सम्पन्न गरेको छ ।

मंगलबारे बजारमा आयोजित १८औं सगुन सांगीतिक साँझ कार्यक्रममा सगुन युवा क्लबले सामुहिक देउसी–भैलो मार्फत सहयोग सङ्कलन गरिने उदेश्य हो ।

क्लवले सगुन सांगीतिक साँझ कार्यक्रममार्फत संकलित रकम सार्वजनिक गरि बचत हुन आएको रकम क्लवले खेलकुद, मनोरञ्जन, स्वास्थ्य, शिक्षा, बजार,–मन्दिर सरसफाई लगायत सामाजिक सेवा र हितका निम्ति खर्च गर्दै आइरहेको क्लबका अध्यक्ष देबेन्द्रराज (देबी) आङ्दम्बेले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष देवेन्द्रराज (देबी) आङदेम्बेको अध्यक्षतामा र कमल गाउँपालिका अध्यक्ष समेत रहनुभएका क्लबका संस्थापक अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा कमल गाउँपालिकाकी कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, क्लबका परिकल्पनाकार तथा सामाजिक अगुवा दिलिप राई, ललित राई, साहित्यकार ओमप्रकाश गौतम, धर्मानन्द भट्टराई, कमल–५ का अध्यक्ष एलबी बिष्ट, २ का अध्यक्ष अशोक सुब्बा, लक्ष्मी लिम्बू लगायतको क्लबका पदाधिकारीहरु, सदस्यहरु, स्थानीय सामाजिक अगुवाहरु, व्यपारी तथा व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चर्चित गायिका रुक्साना लिम्बू र राजन पन्धाकले आफना मिठो गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव रोशन दाहाल र सेजल श्रुतीले सयुक्त रुपमा गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *