झापा, ३० कात्तिक–झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० स्थित निन्दा खोला नजिकै हिजो (बिहिबार) एक नवजात शिशु फेला परेको छ ।
निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा नवजात शिशु फेला पार्नुभएको थियो ।
