काठमाडौं, ३० कार्तिक–नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रमका बीच विद्युत् निर्यातको उद्घाटन गरिएको हो।

दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुनेछ। नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गरिएको हो।

नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ।

पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुनेछ। योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जानेछ। ६ वर्षको अथक प्रयासपछि बिजुली निर्यात भएको हो।

प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्न लागिएको छ। भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव नौ–पाँच पैसा आम्दानी गर्ने छ। बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *