झिलझिले, ३० कार्तिक–शिबसताक्षी–८ झिलझिलेमा रहेको सुलभ बचत तथा ॠण सहकारी संस्थाले आज १३औ बार्षिक साधारणसभामा विभिन्न ब्यक्तिलाई सम्मान गर्दै सम्पन्न गरेको छ ।
शनिबार, झिलझिलेस्थित किरात राई यायोखाको भवनमा १३औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभामा शिवसताक्षी नगरपालिका वडा न ८ का अध्यक्ष सन्तकुमार फेवदिनको प्रमुख आतिथ्य र संस्थाको अध्यक्ष रबिनचन्द्र राइको अध्यक्षतामा भएको हो ।
सो अवसरमा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष रबीनचन्द्र राइले बार्षिक प्रतिवेदन बाचन गर्नुभयो ।
अध्यक्ष राईले आर्थिक बर्ष २०८०।०८१ मा सस्थाको चुक्ता शेयर पुजी ५८ लाख ८ सय रहेको र सस्थाको जगेडा कोषमा १६ लाख २७ हजार २ सय ४८ रुपैया रहेको बाचन गर्नुभयो ।
त्यस्तै, सोही अवसरमा लेखा सुपरिबेक्षण समितिका सम्योजक इन्द्रप्रसाद प्रसाइले लेखा समितिले तयार परेको लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
हाल संस्थामा २ सय ९८ जना शेयर सदस्यहरु छन् । सस्थाका अध्यक्षद्वारा प्रस्तुत प्रतिबेदन र लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत प्रतिवदेनलाई साधारणसभाको बन्दसत्रले सर्बसम्मत अनुमोदन गरेको छ।
त्यसैगरी, सस्थाले सो अवसरमा ४ जना शेयर सदस्यहरुलाई नगदसहित सम्मन–पत्रद्वारा सम्मान गरेको संस्थाका व्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए ।
यसरी सम्मानितहुनेहरुमा उत्कृष्ट बचतकर्ता (दैनिक) जोगिन्दर पौदार (शिवसताक्षी–८) र बाल बचतकर्ता बिधता राई (शिवसताक्षी–८) रहेका छन । त्यस्तै उत्कृष्ट ॠणी साबित्रा केदेम र आशा कार्की छन ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि, बिशिस्ट अतिथि अतिथी लगायतले सम्मान गर्नु भयो ।
सो अवसरमा चौतरी साकोसका अध्यक्ष धनबहादुर राई, छिकेकी साकोसका उपाध्यक्ष उदयप्रकाश राई लागयतले शुभकामना मन्तब्य बोल्नु भएको थियो । कार्यक्रममा स्वगत मन्तब्य सस्थाका कोषाध्यक्ष दया फुयेल्ले बोल्नु भएको थियो भने कार्यक्रम सञ्चालन सस्थाका उपाध्यक्ष सेलिङ केसीले गर्नुभएको थियो ।
