सुरुङ्गा (कनकाई), ३० कार्तिक–यहि मंसिर १६ गते आइतबार देशभर एकसाथ उप–निर्वाचन हुँदैछ । उप–निर्वाचन अन्तर्गत झापाको कनकाई नगरपालिका वडा नम्बार ६ मा यतिवेला दलहरुबीच चुनावी सरगर्मी बढेको छ ।

यसै निर्वाचनमा दलहरुबीच चुनावी प्रतिस्पर्धाका लागि उम्मेद्धवार चयनदेखि गठबन्धनका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि छलफल, अन्तरक्रिया र बहसका गतिविधिहरु सञ्चालन गरिदैं आइरहेको छ । मंसिर १६ गते देश भरका ३४ वटा स्थानीय तहमा उप–निर्वाचन हुने भएको छ ।

यसैबीच कनकाई–६ को उप–निर्वाचनमा नेकपा (माओवादी केन्द्र) झापा र नेकपा (एकीकृत समाजवादी) झापाबीच गठबन्धनसहित साझा उम्मेद्धवार अघि बढाउने घोषणा गरेका छन् । आज (शुक्रबार) दुबै पाटीको जिल्ला स्तरीय नेतृत्वबीच पाँच बुँदे सहमति भएको छ ।

कनकाई ६ को उप–निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्धवार गणेश थापालाई अघि बढाएको छ । वडा अध्यक्षका उम्मेद्धारा थापालाई नेकपा (एकीकृत समाजवादी) झापाले निर्वाचनमा बिजयी गराउनेगरी सहमति गरेको सो पार्टीका झपाा उपाध्यक्ष बासु दुलालले जानकारी दिए ।

सो सहमति पत्रमा माओवादी केन्द्रका संयोजक राजु आचार्य र एकीकृत समाजवादीका अध्यक्ष बेधराज रेग्मीले संंयुक्त हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा कनकाई–६ मा मंसिर १६ गते हुने उप–निर्वाचनमा एकीकृत समाजवादीले उम्मेद्धवारी नदिने, चुनाव प्रचार-प्रसारको लागि दुवै पार्टीको तर्फबाट संयुक्त प्रचार–प्रसार उपसमिति निर्माण गरी परिचालन गर्ने सहमति भएको एकीकृत समाजवादी झापाका उपाध्यक्ष दुलालले जानकारी दिए ।

यसैगरी, आगामी दिनमा दुवै राजनीतिक पार्टीबीच आपसी सहकार्यलाई निरन्तरता दिने र सहमतिका वारेमा दुवै पार्टीको प्रदेश कमिटी र केन्द्रिय कमिटीलाई जानकारी गराउने सहमति भएको सहमति पत्रमा उल्लेख छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *