दमक, १ मंसिर–स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले दमकमा आपनो कार्यालय सञ्चालनमा ल्याएको छ । दमक ७ स्थित वडा कार्यालय परिषरभित्र संस्थाले आज (शनिबार) देखि कार्यालय सञ्चालनमा ल्याईएको हो ।
स्वरोजगार हलुका सवारी संस्थाको कार्यालयको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे । कार्यालय उद्घाटनका क्रममा प्रमुख अतिथि थापाले स्वरोजगार हलुका श्रमिकहरुको हकहित संरक्षणका लागि आफूले रु एक लाख अक्षयकोषमा राखिदिने घोषणा गरे । उनीहरुले स्वरोजगार हुलुका श्रमिकहरु संगठित भएर व्यवसायिक हकहित संगै सामाजिक मुद्धाका विषयमा समेत गंभीर भएर अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।
कार्यालय उद्घाटन सभामा दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, वडा ६ का वडाअध्यक्ष टेकबहादुर थापा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुराँगाई, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी, दमक ट्राफिक प्रमुख नारायण भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा ट्राफिक प्रहरी सहायक हवल्दार सुदिप बस्नेत, दमक बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गंगा सिटौला, हलुका सवारीका सहसचिव हरि दाहाल, महाकाल समूहका अध्यक्ष दिपक गुरुङ, सचिव राजेश खवास, समाजवादी यातायात मजदुर महासंघ झापाका जिल्ला अध्यक्ष मिलन योगी, दमक नगर अध्यक्ष डम्बर सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका सचिव बेनुराज प्रसाईले संचालन गरेका थिए । संस्थाले आफनो कार्यालय उद्घाटनका अवसर पारेर पारेर ट्याक्सी स्टेण्डमा सरसफाई समेत गरिएको संस्थाका सदस्य हिराबहादुर मगरले जानकारी दिए ।
