जङ्गली हात्ती

दमक, २ मंसिर–जंगली हात्तीको आक्रमणबाट आज बिहान दमकमा एक जनाको मृत्यु भएको छ।

दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकीले धपाउन खोज्दा हात्तीले उनलाई १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *