झापा, २ मंसिर–झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एक जनाको हत्या भएको छ।

बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या भएको झापा प्रहरीले जनाएको छ।

रड प्रहारबाट घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो।

शनिबार राति आपसी विवाद हुँदा बाह्रदशी ५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए। राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *