काठमाडौं, ३ मंसिर–पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति त्यहाँ पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गर्नेछन्।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो। त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ।

सानो गौचरनमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने परिवारले जानकारी दिएको छ। उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने तयारी छ ।

राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आएका स्व। ढुंगाना संविधान र कानूनका ज्ञाता थिए। सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागि रहने उनी नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रूपमा स्थापित थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *