मोरङ, ३ मंसिर–मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार १६ जनाले मनोनयन दर्ता गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका प्रमुख दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्।

निर्वाचन आयोगले आइतबार बिहान १० बजेखि अपराह्र ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो। उक्त समयभित्र १६ जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा एमालेबाट तुलसीराम विश्वास, माओवादी केन्द्रका नमोनारायण माझीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट दिनेशकुमार थन्दार ९दिवेश०, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास, जनता समाजवादी पार्टी ९जसपा० बाट धर्मेन्द्रकुमार चौधरीले उम्मेदवारी दिएका छन्।

अध्यक्ष पदका लागि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० बाट पर्शुराम विश्वास थारू, मंगोल नेसनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वासले मनोनयन दर्ता गरेका छन्।

नेकपा ९एकीकृत समाजवादी० पार्टीका दिलबहादुर विश्वकर्मा, राप्रपा नेपालबाट राजु मुसहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायणा माझीको मनोनयन दर्ता भएको जनाइएको छ। नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

२०७९ को निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका कांग्रेसका जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि ग्रामथान गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनका लागि दलहरूले बाजागाजा, झाँकीसहित गाउँपालिकाको केन्द्र रहेको तेतरियास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए। उम्मेदवारहरूले भने आफूले नै चुनाव जित्ने भन्दै दाबी पनि गरे।

मनोनयन दर्ताका लागि दलहरूले आफ्नो कार्यकर्ता र समर्थकहरू उतारेका थिए । ठूला दलहरूका केन्द्रीत तहका दर्जनौं नेताहरू मनोनयन दर्ताका लागि र्‍यालीको नेतृत्व गर्न पुगेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *