ताप्लेजुङ, ३ मंसिर–ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ की ७ वर्षीया बालिका मंसिरी शेर्पाको विद्युत् प्रवाह भइरहेको तार चुँडेर लाग्दा मृत्यु भएको छ ।

घाईते अवस्थामा शेर्पालाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार साङ्गे शेर्पाकी छोरी मंसिरी विद्यालयबाट घर फर्किरहेकी थिइन् ।

उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत थिइन् । घर फर्कने क्रममा उनलाई पोलबाट झरेको तारले लागेको थियो । यसै क्षेत्रमा दुईवर्ष अघि पनि यस्तै गरि करेन्ट लागेर एकजनाको ज्यान गएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *