काठमाडौँ, ४ मंसिर–प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहार विरूद्ध संयुक्त अभियान, नेपालले जनप्रदशन गर्ने भएको छ।
मंसिर ८ गते शनिबार प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। उक्त जनप्रदर्शनको तयारीका निम्ति मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा तयारी बैठक बसेको छ।
संयुक्त अभियानमा नेकपा (एकीकृत समाजवादी) को बलियो उपस्थिति जनाउनका निम्ति मंगलबार बैठक बसेको नेता प्रेमल खनालले जानकारी दिनुभयो।
यसअघि संयुक्त अभियानले गत कात्तिक २६ गते इजरायल दुतावासलाई ज्ञापनपत्र बुझाएको थियो। अहिलेसम्म इजरेलको आक्रमणबाट हजारौं बालबालिकासहित अन्य प्यालेस्टाइनी नागरिकको ज्यान गइसकेको छ।
