दमक ५ मंसिर–महिलामाथि हुने भेदभाव र शोषणबिरुद्ध एकजुट भएर काम गर्ने उदेश्यले झापाको केर्खामा नवजागरण महिला समाज संस्था स्थापना भएको छ ।

आज (बुधबार) कमल गाउँपालिका–३ केर्खा बजारमा सो संस्थाको कार्यालय समेत स्थापना गरिएको छ । कार्यालय उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिका प्रमुख हुकुमसिंह राईले नवजागरण महिला समाजको कार्यालय उद्घाटन गर्नुभएको छ ।

नवजागरण महिला समाजकी अध्यक्ष तथा महिला अधिकारकर्मी बिष्णुमाया बेघा लिम्बूको अध्यक्षतामा कार्यालय उद्घाटन भएको थियो । कार्यालय उद्घाटन समारोहमा गाउँपालिका प्रमुख राईको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा संस्थाकी अध्यक्ष बेघाले समाजमा हुने महिलामाथि सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक भेदभावहरु र आर्थिक, शारिरिक, मानसिक शोषणहरुबिरुद्ध काम गर्नका लागि संस्था स्थापना भएको बताइन् । अध्यक्ष बेघाले महिलाहरुलाई समाजको विकास र परिवर्तनमा उत्साहजनक सहभागिता गराउन समेत संस्थाले विभिन्न तालिम, गोष्ठी, अन्तरक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गरिने बताईन् ।

सो संस्थाकी उपाध्यक्षमा तिला खरेल, सचिवमा रिता खतिवडा ,सहसचिवमा सिता खड्का र कोषाध्यक्षमा कमलादेवी दाहाल छन् ।

त्यस्तैं, संस्थाकी सदस्यहरुमा बालकुमारी प्रसाई, सबनम लिम्बू, टंक कुमारी ढकाल, नैनाकला सेडाई, शुशिला पाण्डे र कमला भण्डारी छन् ।

कार्यालय उद्घाटन समारोहमा कमल ३ का वडाअध्यक्ष अग्नी कोइराला, कमल–१ का अध्यक्ष केदार कटुवाल, कमल ६ का अध्यक्ष नरेन्द्र भटटराई, उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहाल, समावेशी महिला शसक्तिकरण केन्द्रकी अध्यक्ष पूर्णिमा देवान, फाग्नुनन्द टोल विकास संस्थाकी अध्यक्ष शेलिना राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी सहसचिव सीता खड्काले स्वागत मन्तव्य राखेकी सो कार्यक्रममा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, स्थानीयहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *