डुडामारी, ५ मंसिर–शिवसताक्षी–७ फाक्तेफस्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानको लागि पुर्व शिक्षिकाद्वारा आर्थिक सहयोग प्राप्त भएको छ ।

बिद्यालयकी पुर्व शिक्षिका निर्मला बास्कोटा ढुंगाना र वहाँकी श्रीमान युबराज ढुंगानाले पठाउनु भएको १ लाख १५ हजार १ सय ११ को चेक दाता परिवारका दाजु कुमार बास्कोटाले हस्तान्तरण गर्नुभएको हो ।

बास्कोटा बिगत केही बर्षदेखि अमेरिकाको केनटिक राज्यको लेजिन्ट शहरमा बस्दै आउनु भएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा दाता परिवारका दाजु कुमार बास्कोटासहित बिध्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, सदस्यहरु र पिटिएका पदाधिकारीहरु र शिक्षक–शिक्षिकाहरुको सहभागिता थियो ।

दाता निर्मला बास्कोटा बाल सेवा आधारभूत बिध्यालयमा करिब ४ बर्षसम्म करार शिक्षिकाको रुपमा अध्यापन गरेको बताइएको छ ।

यस अभियानमा यो रकम नै सबै भन्दा ठूलो रकम भएको बिध्यलयका प्रधानध्यपक बेनु प्रसाद कार्कीले बताउनु भयो ।

उहाँको अनुसार हालसम्म करिब २५ लाख बढी रकम संकलन भएको र अझै रकम संकलन जारी नै रहेको बताउनु भयो ।

बिद्यालयको बस सेवा खरिद अभियानमा दोस्रो ठूलो रकम सस्थापक अध्यक्ष जितेन्द्रराज चेम्जोङ्ग परिवारले १ लाख ११ हजार १ सय ११ रुपैया र तेस्रो ठूलो रकम झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य माननीय एलपी सावाँले दिनु भएको छ । माननीय सावाँले ६५ हजार ५ सय २५ रुपैयाँ दिनु भएको थियो भने चौथो ठूलो रकम ६२ हजार ६ सय १५ रुपैयाँ लिलाराज आङ्देम्बे लगयत परिवारले आफ्नो दिवगंत आमा बुबा गङामाया–बिकेन्द्र आङ्देम्बेको स्मृतिमा प्रदान गरेका थिए ।

त्यसैगरि, पाचौ ठूलो रकम पुर्व बिध्यार्थी तथा हाल बेलायतमा कार्यरत सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया आफ्नो स्वर्गबासी दाजु लोक सम्बाहम्फे र स्वर्गीय दिदी धनमाया लिम्बू (राई) को स्मृतिमा प्रदान गरेका थिए ।

त्यस्तै, पुर्व बिध्यर्थी तथा हाल हङ्कङ्गमा कार्यरत समाजसेवी चापेता सेर्माले ५१ हजार १ सय ५१ रुपैया सहयोग रकम प्रदान गर्नु भएको छ ।

सोही बिध्यालयका पुर्व शिक्षक बलबहादुर राइले ५१ हजार रुपैया र बिध्यालयका शिक्षक स्टापहरुले एक महिनाको खाइपाइ आएको तलब बस खरिद अभियानलाई सहयोग गर्नु भएको बिध्यालय ब्यबस्थापन समितिका सदस्य प्रेम रोक्काले जानकारी दिनुभयो ।

त्यसैगरि, दक्षिण कोरियामा कार्यरत पुर्व बिधयर्थीहरुले एक मुष्ठ २ लाख ४३ हजार बराबर, साउदी अरबबाट रोशन भट्टराईको पहलमा १ लाख बढी सहयोग रकम प्राप्त भएको छ ।

त्यस्तै, स्थानिय जनसमुदाय, अभिभावक, ब्यबसायी, शिक्षाप्रेमी, विभिन्न संघसस्था लगायतले यथासक्दो सहयोग गरि रहनुभएको र हालसम्म आजको रकमसहित करिब २५ लाख बढी सहयोग संकलन भएको बिद्यालयका सहायक प्र.अ बमबहादुर बुडाथोकीले बताउनुभयो ।

शिवसताक्षी नगरभरी अधारभुत बिदालय तह अन्तरगत नमुना बिध्यालयको रुपमा बालसेवा आधारभूत बिद्यालय छनौट भएको बिदालय व्यवस्थापन समितिका अध्यक्ष गोविल ल्वागुनले जानकारी दिनुभएको छ ।

अध्यक्ष ल्वागुनका अनुसार बिद्यालयमा हाल स्कुल बस सञ्चालनमा आएको छ । स्कुल बस सन्चालनमा आएसंगै बिध्यार्थी तथा अभिभावकहरुलाई सहज भएको छ ।

सामुदायिक बिध्यालयमा आर्थिक सहयोग संकलन गरेर स्कुल बस खरिद गर्न सफल भएको सम्भवत यो नै देशको पहिलो हुन सक्ने बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ल्वागुनले जानकारी दिनुभएको छ ।

२०३० सालमा स्थापना भएको यस बिध्यालयमा हाल अङ्ग्रेजी माध्यमबाट नै पठनपाठन भइ रहेको छ । त्यस्तैं, कक्षा १ र २ मा नगरपालिकाको अनुदान सहयोगमा आनिपान भाषामा समेत अध्यपन भैइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *