चन्द्रडाँगी (शिबगञ्ज), ८ मंसिर–गत मंसिर १ गते बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घट्नमा परेर ज्यान गुमाएकी शिबसताक्षी–७ चन्द्रडाँगीकी हेमादेबि कटुवाल (रोजी) को छैठौं पुष्य तिथीमा नेकपा (एकीकृत समाजवादी) नगर कमिटीले शोकसभा गरेको छ ।

गत बिहिबार चन्द्रडाँगीस्थित कटुवाल निवासै नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर कमिटीका सदस्य समेत रहनुभउकी स्वर्गीय हेमादेबी कटुवाल (रोजी) को घर–परिवारलाई भेटघाट गर्नुका साथै शोकसभा गरेको छ ।

सो क्रममा स्वर्गीय रोजी कटुवालको तस्बिरमा पुष्पगुच्छा चढाउनुका साथै श्रद्धाञ्जली व्यक्तसहित समवेदना पत्र प्रदान त्यहाँ समर्पण गरिएको छ । त्यसबीचमा पार्टीको तर्फबाट शोकाकुल परिवारजनमा सान्तवाना र सहानुभुतिसहित रोजीप्रति श्रद्धासुमन व्यक्त गरिएको थियो ।

नगर अध्यक्ष नवीन इजम, जिल्ला कमिटी सदस्य सोमप्रसाद गुरागाइ, प्रकाश चन्द्र गौतम, नगर सदस्य गोबिन्द राई, श्रीप्रसाद राजबंशी, केसन्त सेर्मा, समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष गोविन ल्वागुन, शुक्र माध्यमिक विद्यालयका प्रधानध्यापक खगेन्द्र घिमिरे लगायतका स्थानीयवासीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *