काठमाडौं, १० मंसिर-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने भएका छन् ।

आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन्।

चीन भ्रमणको तयारीबारे परामर्शका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीलगायतको बैठक बोलाएका छन्।

आफू सहभागी हुन नपाउने भए पनि भट्टराईले सामाजिक सञ्जालमा नै प्रधानमन्त्रीलाई केही सुझाव दिएका छन्। उनले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको स्मरण गराउँदै आफ्नो सार्वभौमसत्तालाई ख्याल राख्न सुझाव दिएका छन् ।

भट्टराईले दुई उदीयमान शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूरणनीतिक, भूराजनीतिक र​ भूआर्थिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रिपूर्ण सम्बन्ध कायम गर्नेतर्फ ख्याल ग गर्न पनि भनेका छन्।

यस्तै नेपालको कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने जनाएका छन्। चीनको बीआरआईबाट फाइदा उठाउन चुक्न नहुनेमा भट्टराईले जोड दिएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *