झिलझिले, १० मंसिर-धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यही मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञको आयोजना गरिने भएको छ ।

महायज्ञ अन्तरगत पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिंग महापुराण कथा प्रवचन, ५१ फिटको रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष अर्चना गरिने आयोजक संस्थाले जनाएको छ ।

श्री सताक्षी गोवद्र्धन गौशालाका अनुसार महोत्सवमा करिब ४०० हाराहारीमा अन्तर्राष्ट्रिय विद्वानवर्ग सहभागी हुनेछन् ।

मंसीर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालाचतुर्दशी उत्सव सतबिज रोपण, १६ गते विद्वत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ तथा रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष अर्चना, रुद्रीपाठ तथा लिङ्ग महापुराण प्रारम्भ हुने आयोजक संस्थाल जनाएको छ ।

यसैगरी मंसीर १८ गतेदेखि नियमित पञ्चकुण्डीय महायज्ञ तथा रुद्रीपाठ एवं लिङ्ग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक विद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकता माथि प्रतिष्पर्धात्मक विचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई माईमा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ ।

लिङ्ग महापुराणको कथा प्रवचन विद्वत्वरेण्य आचार्य पं.लक्ष्मीप्रसाद खतिवडा तथा आचार्य पं.मदनमोहन अधिकारीको पाठपारायण रहने जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *