दमक, १० मंसिर-‘हामी सबैको प्रतिवद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने मूल सन्देशका साथ लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान दमकमा पनि शुरु गरिएको छ । सोमवारदेखि शुरु भएको अभियान अन्तर्गत दमकमा प्रभातफेरि गरिनुका साथैं अभियानका विषयमा चर्चा गरिएको थियो ।

दमकको गणतन्त्र चौकमा भेलाभई शुरु गरिएको र्‍याली वजार परिक्रमागरि नगरपालिकामा पुगेर समापन गरिएको थियो । लैगिंक हिंसा विरुद्धको सो राष्ट्रिय अभियान १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाईदै छ ।

दमक नगरपालिकासहित विभिन्न सामाजिक संघ-संस्थाहरुको संयुक्त आयोजनामा निकालएको र्‍यालीसहितको जनचेतनामूलक अभियानको नगर प्रमुख रामकुमार थापाले शुभाम्भ गरे ।

अभियानको शुभारम्भका क्रममा नगर प्रमुख थापाले सभ्य समाज निर्माण गर्न सिंगो समुदाय जागरुक हुनुपर्ने खाँचो रहेको औल्याए । र्‍यालीमा नगरपालिकासहित नेपाल प्रहरी,दमक उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, रोटरी क्लव अफ दमक, मेची महाकाली बुहारी समाज, आम्दा अस्पताललगायतका दर्जनौं विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु सहभागि थिए ।

अभियानलाई प्रभावकारी बनाउन नौमती वाजाको प्रस्तुतिसहित विभिन्न विद्यालयका स्काउटका विद्यार्थीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

ऋभियान समापनका क्रममा सहभागि वक्ताहरुले लैङ्गिक हिंसा सधैका लागि अन्त्य नभएसम्म समृद्ध समाज निर्माण गर्न चुनौती हुने भन्दै लैङ्गिक हिंसा विरुद्ध सिंगो समाज लाग्नुपर्ने जोड दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, कार्यपालिका सदस्य शारदा भट्टराई, कांग्रेस नेतृ चन्द्रा खड्का, एमाले नेतृ लीलादेवी ढुंगेल लगायतका वक्ताहरुले लैंगिक हिंसा अन्त्य गर्न समुदायनै जागरुक हुनुपर्ने जोड दिईन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *