बिर्तामोड, १२ मंसिर । झापाको कन्काई-३ टप्पुमा दुई दिन अघि भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका ४ बस्ने ४६ वर्षीय बुधन आलम,उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् ।

प्रहरीले तदारुकताका साथ खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

बुधन आलमलाई बाह्रदशी गाउँपालिका वडा नं ४ बाट पक्राउ गरिएको हो भने कुरेसा खातुन,दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका ५मेची पुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले झापा जिल्ला अदालतबाट पशुपंछीसम्बन्धी ऐन ९गाई गोरु मार्न नहुने ० कसुरमा ५ दिन म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *