मोहन वैद्य

काठमाडौं, १५ मंसिर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र शुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा शुक्रबार वैद्यले राजनीतिक दस्ताबेज र राम सिंहले सांगठनिक प्रतिवेदन पेश गरेका थिए।

देशभरबाट करिब साढे ५०० प्रतिनिधि सहभागी भएको बन्दसत्रमा वैद्यले पेश गरेको मूल राजनीतिक प्रस्तावसहित १५ वटा फरक प्रस्ताव पेश हुने सहभागी एक नेताले बताए। साथै खण्डन प्रस्तावसहित बन्दसत्रमा ४३ वटा प्रस्ताव पेश हुनसक्ने उनले जानकारी दिए।

मङ्सिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा वैद्यले मार्क्सवादी शास्त्रीय सिद्धान्तको व्याख्या, नेता सीपी गजुरेलले पेश गरेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, रामसिंहले पेश गरेको सङ्गठनात्मक प्रतिवेदन, नेता नेपालीले पेस गरेको पर्यावरणीय प्रतिवेदनबारे बहस चल्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *