दार्चुलाको दुहुँ(५ स्थित दुर्गा आधारभूत विद्यालय धारी मतदान केन्द्र

काठमाडौं, १६ मंसिर । दार्चुला, गोरखा र गुल्मीमा पनि उत्साहपूर्वक मतदान भइरहेको छ।

दार्चुलाको दुहुँ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ। यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो।

त्यसैगरी गोरखा नगरपालिका(५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ। उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ। यहाँ दुई हजार २२५ मतदाता छन्। उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो।

त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ। निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ। यो वडामा चार हजार ९१ मतदाता छन्। उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन्। तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *