लक्ष्मीप्रसाद ओली

दमक, १६ मंसिर । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।

चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका ओली ४ सय ९३ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *