झलनाथ खनाल

काठमाडौँ, १६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज चीन प्रस्थान गर्नुभएको छ।

नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि चीन भ्रमणमा जानुभएको छ। मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स २०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरिय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पार्टी विदेश विभाग सचिव डा.`शंकर खतिवडाले जानकारी दिनुभयो।

बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक्रम रहेको छ।

ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको दोस्रो प्लेनरि सेसनलाई प्रमुख वक्ताको रूपमा नेता खनालले सम्बोधन गर्नुहुनेछ। उक्त प्लेनरि सेसनको शिर्षक “चीनको व्यापक सुधारलाई अझ गहिरो बनाउने विषयको अर्थ, सम्भावना र अवसरहरू” रहेको छ।

सम्मेलनमा सात वटा थेमाटिक विषयमा व्यापक छलफल हुनेछ। साताव्यापि भ्रमण सकेर नेता खनाल डिसेम्बर ७ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *