बेलबारी, १७ मङ्सिर । ट्याक्टर पल्टिँदा मोरङको बेलबारीमा एक जना ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा( ७ गछियाका ट्याक्टर धनी २५ वर्षीय राजु तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जाएको छ ।

बेलबारी नगरपालिका–८ स्थित यमआई क्रसर उद्योगबाट सिलिङकन (सडक निर्माणमा प्रयोग हुने मसिनो गिट्टी) लोड गरेर बाहिर निस्किने क्रममा को २ त ७५४८ नम्बरको ट्याक्टर आइतबार दिउँसो सवा ३ बजेतिर इन्जिन अगाडि उठेर पल्टिएको थियो ।

ट्याक्टर पल्टिँदा दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङलाई विराटनगरको कोशी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा साँझ ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना चालककै लापरबाहीले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *